१ लाख २० हजार घुससहित इञ्जिनीयर र डोजर चालक पक्राउ

पोखरा न्यूज – ०९, कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले सब–इञ्जिनीयर सन्दीप पौडेल र डोजर चालक विक्रम बस्नेतलाई रङ्गेहात पक्राउ गरेको छ ।

शिक्षा विकास निर्देशनालय प्रदेश नं ५ बुटवल रुपन्देहीमा करारमा कार्यरत सब-इञ्जिनीयर पौडेलले विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ताबापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पटक-पटक घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा पौडेल र रकम लिन मतियारका रुपमा प्रयोग गरिएका डोजर चालक बस्नेतलाई सेवाग्राहीबाट लिएको रु एक लाख बीस हजारसहित पक्राउ गरिएको आयोगको केन्द्रीय कार्यालयले आज जनाएको छ । आयोगले दुवै अभियुक्तलाई आफ्नै हिरासतमा राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button