
पोखरा न्यूज – १०, कार्तिक । कास्की प्रहरीले पोखरामा करिब साढे १० लाख नगदसहित ९ जना जुवाडे पक्राउ गरेको छ ।
तास बुक र १० लाख ५८ हजार ५ सय १० रुपैयाँ नगदसहित पोखरा – ६ पहारीमार्गबाट ९ जना जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
छवि पौडेलले सञ्चालन गरेको होटल क्रिष्टल प्यालेसमा जुवा खेलाइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।





