पोखरामा ३० विदेशी पर्यटकले भाइटीका लगाए

दीननाथ बराल, पोखरा न्यूज – १२, कार्तिक । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले तिहार पर्वको अवसरमा मंगलबार पोखरामा आयोजना भएको भाइटीका महोत्सवमा ६ देशका ३० जना विदेशी पर्यटकहरु सहभागि भएका छन् ।

पोखराको लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा पश्चिमाञ्चल होटल संघले आयोजना गरेको उक्त महोत्सवमा ६ देशका ३० जना विदेशी पर्यटकहरु सहभागि भएको संघका द्धितिय उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपक श्रेष्ठले बताए ।

रेन्वो चिल्ड्रेनका २० जना बहिनीहरुले पर्यटकहरुलाई दाजुको रुपमा सप्तरंगी टीका लगाउदै नेपाली परम्परा अनुसार, फुलको माला, भाइटीका मसला समेत दिएको संयोजक श्रेष्ठले बताए । उनका अनुसार यसबर्ष भाइटीका महोत्सवमा सहभागि हुने केही पर्यटकहरु पुनः दोहोराएर समेत आएकाछन्।

नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रवर्द्धन गर्ने उद्धेश्य उक्त महोत्सवलाई निरन्तरता दिदै आएको संघका अध्यक्ष विकल तुलाचनले बताए । स्वदेशी तथा विदेशी पर्यटक माझ आपसी भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई पहिचान प्रदान गर्न महोत्सवले थप टेवा पुग्ने उनले बताए ।

नेपाली परम्परा अनुसार पर्यटकलाई देउँसी भैलो खेल्ने र सेलरोटी लगाएतका अन्य परिकार खाने खुवाउने कार्यक्रम समेत रहेको थियो । भाइटीका महोत्सवको निरन्तरतासँगै पछिल्ला वर्षहरुका केहि पर्यटकहरु दोहो¥याएर समेत टिका लगाउन पोखरा आउन थालेको अध्यक्ष तुलाचनले जनाए ।

बेल्जीएमका एडी भाइटीका महोत्सवमा यस पटक सहित दुई पटक सहभागि भएका हुन्। १६ औं पटक नेपाल भ्रमण गरेका उनले नेपाल र नेपालीहरुको व्यवहारले गर्दा आफुलाई नेपाल पुनःआउन मन लाग्ने हुदा पटक पटक नेपाल आउने गरेको जनाए ।  २८ दिने नेपाल भ्रमणमा निस्केकी होल्याण्डकी मलिस आफ्नो सार्थीको साथमा भाइटीका महोत्सवमा सहभागी हुन आइन । काठमाण्डौं, एबीसी, पोखरापछि चितनव समेत भ्रमण गर्ने आफुहरुको लक्ष्य रहेको बताएकी उनले नेपालको नाम सुनेको भन्दा नेपालमा आएर घुमफिर गर्दा सोचेभन्दा धेरै फरक  भेटाएको जनाइन्।

नेपालमा २ महिना बिशेष कामले आएकी फ्रान्सकी व्लाइण्डिनीले  भाइटीका  महोत्सवमा सहभागि भएर नेपाली परम्पराको तिहार पर्वमा सप्तरंगी टिकाको साथमा देउँसी भैलो खेल्दा निकै रमाइलो भएको बताइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button