बागलुङका अर्बुद पीडित खत्रीलाई ४ लाख सहयोग

पोखरा न्यूज – १३, कार्तिक । आन्द्राको अर्बुदबाट पीडित बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाका गणेश खत्रीको उपचारका लागि रु चार लाख सहयोग जुटेको छ । मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार गराइरहेका खत्रीको उपचारका लागि देश तथा विदेशमा सञ्चालित सहयोग सङ्कलन अभियानबाट सो रकम जुटेको हो ।

सङ्कलित रकम हस्तान्तरण गरिएको खत्रीको उपचारमा संलग्न नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल श्रीषले जानकारी दिए । पत्रकार श्रीष, काठेखोला गाउँपालिका–३ का वडासदस्य खुम भण्डारी, युवा व्यवसायी ओम केसीलगायतले विदेशमा रहेका आफन्तमार्फत सहयोग सङ्कलन अभियान चलाएका हुन् ।

खत्रीको उपचारार्थ जापानबाट कलाकार सूर्य खड्कालगायतको पहलमा रु दुई लाख, कोरियाबाट मनोज थापाको पहलमा रु ९० हजार र साउदी अरबबाट चित्र भण्डारीको पहलमा रु ५० हजार सहयोग प्राप्त भएको अभियन्ता श्रीषले बताए  । भारतको सिलोङमा काम गर्दै आएका खत्रीको उपचारमा रु चार लाखभन्दा बढी खर्च भइसकेको उनकी श्रीमती सावित्राले बताइन । उनले सहयोगका लागि सबैलाई आग्रह गरेकी छन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button