
पोखरा न्यूज – १३, कार्तिक । सन् २०१९ को एक अध्ययनले औसत अमेरिकीको एक तिहाई बजेट ऋण तिर्नै ठिक्क हुने गरेको देखाएको छ । अध्ययनले १५% जनसंख्याले आफ्नो बाकिँ जीवनकाल भरि पनि ऋण तिरेर नसक्ने पनि देखाएको छ ।
अमेरिकीहरु विश्व मै अत्यधिक ऋण लिनेहरु मानिन्छन् । सन् २०१८ मा औसत अमेरिकीको टाउकोमा ३८ हजार अमेरिकी डलर ऋण थियो । क्रेडिट कार्ड, विद्यार्थी लोन, मोर्ट्गेज, अटोलोन, पर्सनल लोन लगायतका विभिन्न शीर्षकमा अमेरिकीहरुले ऋण लिने गरेका छन् । विज्ञहरुले यस्तो अत्यधिक ऋण लिने प्रवृत्तिलाई मनी डिसअर्डर भनेका छन् ।
मनी डिसअर्डर एन्जाइटी, डिप्रेसन जस्ता साइकोलोजिकल कुराहरुसँग सम्बन्धित रहेको विज्ञहरुको मत छ । अमेरिकीको आधारभुत खर्च नै व्यापक हुने भएकाले पनि अमेरिकी बजेटमा ऋणको मात्रा बढेको उनीहरुको भनाई छ ।





