मृगौलापिडित छोरी बचाइदिन आग्रह गर्दै बाबु पोखरामा

दीननाथ बराल, पोखरा न्यूज-१५, कार्तिक । मृगौला पिडित छोरीको उपचारको लागि कास्की अन्नपूर्ण गाउँपालिका ५ का शंखर कामी सहयोगको याचना गर्दै पोखरामा आएका छन्। ३३ बर्षीया छोरी अमृता विक (सुनार) को दुबै मृगौलाले काम गर्न छाडेपछि उनको उपचारको लागि बाबु शंखर पोखरामा विभिन्न संघ संस्थामा सहयोगको याचना गर्दै हिडेका हुन्।

अमृताको जेठबाट मृगौलामा समस्या देखिएसंगै उनको उपचार गर्दै आउदा हालसम्म करिब ३ लाख ५० हजार भन्दा बढी खर्च भएको शंखर परिवारले जनाएको छ । रुकुम घर भई हाल पोखराको नयाँगाँउमा बस्दै आएकी अमृतामा  मृगौलाको समस्या छ भने उनको दोश्रो सन्तान २१ महिनाका पूर्ण कुमार विक सुनार दृष्टिविहिन हुन्।

अमृताको हरेक हप्तामा दुई पटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निशुल्क डायलोसिस हुदै आएको छ भने व्लड र औषधि उपचारको खर्च निकै महङगो भएकोले  खर्चले धान्न नसकेपछि सहयोगको याचना गर्दै हिडेको उनका बाबु शंखरले जनाए । शंखरले भने “ हामी गरिबको लागि यस्ता रोग लाग्दा निकै कठिन हुदोरैछ, तपाइहरुको सानो सहयोगले मेरो छोरीको अर्को जन्म हुनेछ । ” मृगौला प्रत्यारोपण गर्न करिब ४० लाख रुपैया लाग्ने अस्पताल श्रोतले जनाएको बाबु शंखरले गुनासो गरे ।

अमृतका श्रीमान हरी विक (सुनार) मजदुरी गर्न दुवई गएको करिब ६ महिना मात्र भएको छ भने अमृताकी ३ बर्षीय छोरी निहा उनको साथमै छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button