विंगर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा पोखराका केसी गम्भिर घाइते 

पोखरा न्यूज – १६, कार्तिक । तनहुँमा विंगर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भिर घाइते भएका छन् ।

शनिवार बिहान करिव ११ बजे  तनहुँको  बन्दिपुर गाउँपालिका-४ चुनपहरामा  आबुखैरेनी बाट पोखरातर्फ आउँदै गरेको लु१ज ३२५९ नम्बरको विंगर र बिपरित दिशाबाट जादै गरेको बा७८प ८६३१ नम्बरको  मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक पोखरा -१७ का  ३४ बर्षीय  प्रकाश केसी घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका केसीलाई लक्ष्मी अस्पताल डुम्रेमा उपचार पश्चात बि एण्ड बि अस्पताल काठमाण्डौ रेफर  गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । प्रहरीले विंगर र चालकलाई नियन्त्रमा लिएको छ ।

घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button