पोखरामा छठ : पहाडिया पनि छठ पर्व मनाउँदै

दीननाथ बराल, पोखरा न्यूज -१६, कार्तिक । तराई क्षेत्रमा धुमधामका साथ मनाइने  छठ पर्वमा  पछिल्लो समयमा पहाडि मुलका व्यत्तिहरु पनि सहभागि भइ मनाउन थालेका छन्। पोखरामा मुख्य ३ ठाउँमा यस बर्ष छठ पर्व मनाइरहदा तराई मुलका नेपाली दाजुभाई दिदीबहिनी सँगै बसेर पहाडि मुलका केही व्यत्तिहरुले छठ पर्व  मनाए।

पोखरा राष्ट्रबैंक चोक निवासी गंगा कुमारी कुंवर (थापा) तराई मुलका व्यत्तिहरुसंगै बसेर यस बर्षको छठ पर्व मनाउन लागेकी छन्। मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका आधारमा आफ्ना साथीहरुसँग छठ पुजा गर्न लागेको कुंवरले बताइन्। लेकसाइडकी शान्ति कुंवरले  विगत ४ बर्ष देखि सुर्यको पुजा आराधाना गर्न  छठ पर्वमा पुजा गर्न थालेको बताइन्। धार्मिक सहिष्णुता कायम गर्नपनि आफुहरु सुर्य भगवानको पुजा हुने यस पर्वमा सहभागि भइ आरधाना गर्न लागेको उनीहरुले बताए ।

कुवंर दिदीबहिनी जस्ता पहाडिया सहित तराई मुलका धेरै सुर्यका भक्तजनहरुले पोखरा नदीपुरको नारायणथान मन्दिर, बैदामको केदारेश्वर महादेवमणि मन्दिर परिसर (फेवाताल किनार) र रिठ्ठाघाँट त्रिवेणी धाम (कालिखोला) सेतिनदी किनारामा छठ पुजा धुमधामका साथ मनाउदै गरेका छन्। सुर्यका भक्तहरुलाई छठ पर्वको अवसरमा पोखरामै सहज ढंगबाट पुजा गर्ने वातावरण सृजना गर्न पोखराका मुख्य तीन ठाउँमा छठ पूजा समितिले छट घाँटहरुमा सजिसजावट सहितको रातिको समयमा बस्न चाहाने भक्तजनहरुलाई समेत व्याबस्था मिलाएकाछन्।

छठ पर्वको मुख्य दिन (षष्ठी) शनिबार पोखराका विभिन्न छठ पुजा स्थललमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको एन.बी. व्यवसायी समिति पोखराका अध्यक्ष अनिल गुप्ताले बताए । उनका अनुसार विगत १५ बर्ष अघि पोखराको बाराही घाटबाट शुरु गरिएको छठ पुजा पछिल्लो केही बर्ष देखि केदारेश्वर मन्दिर परिसरमा हुदै आएको हो । पछिल्ला बर्षमा भक्तजनहरुको सङख्यामा बृद्धि भएसंगै छट घाट ठुलो र फराकिलो बनाउनु पर्ने भएको अध्यक्ष गुप्ताले जनाए ।

नारायणथान मन्दिर परिसरमा व्यबस्थित ढंगले छठ पुजा गर्ने व्यबस्था मिलाएपनी भक्तहरुलाई व्यबस्थापन गर्न हम्मेहम्मे हुन थालेको निलकण्ठ महादेव छठ पुजा नारायणथान मन्दिर समितिका महासचिव राजेस कुमार गुप्ताले बताए । पछिल्लो ५ बर्षदेखि कालिखोला क्षेत्रमा समेत धुमधामका साथ छठ पुजा मनाउन थालेसंगै पहाडी मुलका धेरै जनताले छठ पुजा आरधना गर्न थालेको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए ।

पोखराका विभिन्न छठ पुजा स्थलमा सरसफाई र घाट सजिसजावट बिहीबारदेखि शुरुवात गरिएको अध्यक्ष सुतीहारले बताए । शनिबार अस्ताउदो सुर्यको पुजा गरको सुर्यका भक्तले सप्तमी कात्तिक १७ गते आइतबार सुर्यका भक्तहरुले उदाउदो सुर्यलाई अर्घ दिई यस बर्षको छठ पर्वलाई विदाई गर्ने सुतिहारले जनाए ।

केदारेश्वर महादेवमणि परिसरमा छठ पुजा समितिले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जगत बहादुर पहारी, मन्दिरका प्रमुख संरक्षक डा.लेखनाथ आचार्य, एन.बी. व्यवसायी समितिका अध्यक्ष अनिल गुप्ता लगायतले वोलेको एन.बी.व्यवसायी समितिका निवर्तमान अध्यक्ष भुनेस कुमारले बताए । छठमा भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका छन्।

सुर्यलाई भगवानको प्रतिकको रुपमा पुजा गर्ने भक्तहरुले आफ्नो मनोकाक्षा पुरा हुने धार्मिक विश्वासका साथ उनीहरुले  पूजा आज गर्ने गर्दछन्। मधेश, तराई मुलका मानिसहरुको महान चार्ड छठ पर्व पोखरामा मनाउन थालेपछि पछिल्लो क्रममा करिव ७० प्रतिशत छठीमायीका भक्तहरुले पोखरामै पुजा आजा गर्न थालेको अध्यक्ष प्राध्यापक सुतिहारको दाबी छ । षष्ठीमा अस्ताउदो सुर्यलाई अर्घ दिने गरीन्छ भने विभिन्न फलफुल, कन्दमुल,ठेकुवा, कसार लगायतका सामाग्रिको साथमा सुर्यका भक्तहरुले पुजा गर्ने गर्दछन ।

आइतबार उदाउदो सुर्यलाई अर्घ दिएसंगै पुजा स्थलमा छठ पुजा समितिहरुले निशुल्क रुपमा ठेकुवा सहितको प्रसाद वितरण गर्ने भएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button