घाँस काट्दै गर्दा रुखबाट लडेर १ जनाको मृत्यु

पोखरा न्यूज १७,कार्तिक । नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ । शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । हिजो रति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button