एलिनाले जितिन् मिस कलेज पोखराको उपाधि

आर.आर. पौडेल, पोखरा न्यूज – १८, कार्तिक ।  केफ मावीमा अध्ययनरत पोखरा लामाचौरकी एलिना श्रेष्ठले मिस कलेज पोखरा २०१९ को उपाधि जितेकी छन् । पोखरा उद्योग वाणिज्य संघको हलमा भएको फाइनल प्रतिष्पर्धा उपाधि सहित उनले तीनवटा सवटाइटल पनि जितिन् ।

एचबि प्रोडक्सनले आयोजना गरेको यो प्रतियोगीतामा फस्टरर्नसअप सिम्रन वानिया र सेकेन्ड रर्नसअप रोजिना विश्वकर्मा बन्न सफल भए । भिवर च्वाइसको पुरस्कार करिना परियार तथा अर्गनाइजर च्वाइसको पुरस्कार सिर्जना केसीको हातमा प¥यो ।

उपाधिका लागि १० जनाबिच प्रतिष्पर्धा भएको थियो । विभिन्न कलेजमा अध्ययनरत युवतीले भाग लिएको प्रतियोगीतामा उत्कृष्ट कलेजको ट्रफि केफ मावीले जित्यो । कलेज तर्फ फस्ट रर्नसअप गुरुकुल विद्याश्रम, सेकेन्ड रर्नसअप पोखरा युनाइटेड एकेडेमी बन्यो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button