अटोमेटिक पेस्तोलसहित २ जना पक्राउ

पोखरा न्यूज – १८, कार्तिक । जिल्ला प्रहरी कार्यालय मोरङले हतियारसहित पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिका–२ निवासी २३ वर्षीय सुरजकुमार भन्ने विक्कीकुमार भगत छन् ।

निजलाई कात्तिक १६ गते सिङ्घीया नदीको पूर्वमा रहेको खुला मैदानमा छठ पूजाका अवसरमा स्थानीय एक युवा क्लबले आयोजना गरेको सांस्कृतिक साँझ तथा नृत्य कार्यक्रममा भएको ढुङ्गा प्रहारमा शङ्का लागि खानतलासी गर्दा हयिारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

अटोमेटिक नयाँ पेस्तोलसहित पक्राउ परेका निज व्यक्तिका साथबाट प्रहरीले म्यागजिन थान दुई, म्यागजिनमा लोड भएको गोली एक थान, सिमकार्ड पाँच र एक ट्याप्लेट बरामद गरेको छ ।

घटनाका सम्बन्धमा गरेको अनुसन्धानमा भगतलाई उदयपुर निवासी मुकेशकुमारले सो हतियार दिएको खुल्न आएको छ । प्रहरीले दुबै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button