पछिल्लो आइओएस अपडेट नगरे आजदेखि पुराना मोडेलका आइफोनमा इन्टरनेट नचल्ने

पोखरा न्यूज – १८, कार्तिक । आइफोन ५ वा त्यो भन्दा अघिल्लो मोडेलको आइफोन चलाउनुहुन्छ ? यदि चलाउनुहुन्छ र पुरानै एप्पल अपरेटिङ सिस्टम चलाइरहनु भएको छ भने अब देखि उक्त फोनमा इन्टरनेट चल्ने छैन ।

एप्पलले सोही कारण देखाउँदै आफ्ना आइफोन ५ मोडेलका प्रयोगकर्तालाई आफ्नो पछिल्लो आईओएस १०.३.४ तुरुन्त अपडेट गर्न निर्देशन दिएको हो । आइफोनले प्रयोगकर्तालाई फुल स्कृन निर्देशन दिदैँ अब पछिल्लो आइओस अपडेट इन्स्टल नगरे इमेल, वेब ब्राउजिङ, एप स्टोर र आइक्लाउड जस्ता इन्टरनेट सेवाहरुबाट वञ्चित हुने जानकारी दिएको हो । हाल पुरानो अपरेटिङ सिस्टममा जिपिएस तथा समय र मितिमा समेत समस्या देखिएको छ जुन समस्याको समाधान गर्नका लागि पनि अपडेट गर्नु पर्ने एप्पलले बताएको छ ।

एप्पलका अनुसार हाल ९ प्रतिशत भन्दा कम प्रयोगकर्ताले मात्र आइओस १२ भन्दा पुरानो अपरेटिङ सिस्टम प्रयोग गर्ने भएकाले धेरै प्रयोगकर्ता इन्टरनेटबाट वञ्चित भने नहुने दाबी गरेको छ । आइओएस् १३ सार्वजनिक गरेसँगै आइफोनमा थुप्रै समस्या देखा परेतापनि आइओएस १३.१.४ भर्सनले धेरै जसो समस्या समाधान गरेको पनि एप्पलको दाबी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button