घट्यो सुनको मूल्य

पोखरा न्यूज – १९, कार्तिक । पछिल्लो साता केही उकालो लागेको सुनको मूल्यमा आज सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा छापावाला सुनको मूल्य प्रतितोला रु २ सयले घटेको छ ।

छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार ८ सय  कायम भएको महासङ्घले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला रु ७१ हजारमा खरिदबिक्री भएको थियो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २ सय  ले घटेको छ । महासङ्घले तेजाबी सुनको मूल्य प्रतितोला रु ७० हजार ५ सय  निर्धारण गरेको छ । सोमबार तेजाबी सुन प्रतितोला रु ७० हजार ७ सय  मा खरिदबिक्री भएको थियो ।

यसैगरी चाँदीको मुल्यमा पनि प्रतितोला रु ५ घटेको छ । आज स्थानीय बजारमा चाँदी प्रतितोला रु ८ सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button