एमसीसीविरुद्ध खेल्न मुख्य मन्त्री–११ र कास्की–११ तयार

पोखरा न्यूज – १९, कार्तिक । क्रिकेटको जननी मानिने बेलायतको सबै भन्दा पुरानो क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी)विरुद्ध खेल्न मुख्य मन्त्री–११ र कास्की–११ को टिम यति बेला पोखरा रंगशालामा कठिन परिश्रम गरिरहेको छ ।

एमसीसी क्लब दुई वटा अलग-अलग टि-२० खेल खेल्न आगामी आइतबार १० गते पोखरा आउँदैछ । मुख्य मन्त्री–११ को टिममा प्रदेश स्तरीय खेलाडी सहभागी हुनेछन् भने कास्की–११ मा कास्कीका खेलाडी सम्मिलित छन् । दुबै टिमलाई प्रशिक्षक रिजन प्रजुले प्रशिक्षण गराइरहेका छन् ।

यहि कार्तिक २५ र २६ गते पोखरा रंगशालाको क्रिकेट खेल मैदानमा आयोजना हुने एमसीसी विरुद्धको खेलले सन २०१५ अर्थात आज भन्दा चार वर्ष अघिको सम्झना दिने प्रशिक्षक प्रजुले बताए । उनले भने ‘त्यति बेला हामीले एमसीसीविरुद्ध एकदिवसीय खेल खेलेका थियौं जसमा हामी विजयी भएका थियौं ।’ पोखराको क्रिकेट बामे सरिरहेको बेलाको त्यो जित अहिले पनि सपना जस्तै लाग्ने बताउँदै यो पटक पनि त्यही नतिजा निकाल्न टिमको तयारी भइरहेको प्रजु बताउँछन् ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा हुने दुई खेलहरुले यस क्षेत्रको समग्र क्रिकेट खेल विकासका लागि महत्वपूर्ण योगदान दिने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको भनाई छ । ‘हामी यति बेला १३ औं साग अन्तर्गत महिला क्रिकेटको तयारीमा छौं र एमसीसीको यो भ्रमणले पक्कै पनि पोखराको क्रिकेट माथि उठेको सन्देश विश्वभरी फैलिनेछ ।’ उनले थपे ।

चार वर्ष अघि पोखरा ११ ले एमसिसीलाई जितेको क्षण अझै पनि कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’ सँग पनिताजै छ । उनले त्यो बेला खेलेको तस्बिर देखाउँदै भने “हामीले एमसीसीलाई जित्नु ठूलो कुरा थियो तर त्यो बेलाको हाम्रो जित पोखरा भित्रै सिमित भयो, कुनै अवसर पाएनौ ।” टिममा यति बेला यू–१६ का खेलाडीहरु पनि भएकोले उनीहरुले राम्रो अवसर पाउने उनको भनाई छ ।

मुख्य मन्त्री–११ र कास्की–११को टिममा नेपाली राष्ट्रिय टोलीका किशोर महतो, दिपेश श्रेष्ठ जस्ता अलराउण्डर खेलाडी समावेश रहेका छन् । यसै गरि एमसीसी विरुद्ध चार वर्ष अघि ७५ रनको यागदान दिने अनिल गुरुङसमेत टिममा समावेश छन् भने विपिन खत्री पनि टिममा रहेको प्रशिक्षक प्रजुले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button