नेपाली चाडवाडको शुभकामना बाड्दै ओमनमा गायक सत्य स्वरुपको दमदार प्रस्तुति

पोखरा न्यूज – १९, कार्तिक । विदेशमा रहेका नेपालीलाई दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदान प्रदान गर्ने र सांगीतिक माहौल बनाउन ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा घरदेश” कार्यक्रम आयोजना गरेको छ ।

चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले बिदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गरेका थिए । विदेशी भूमिमा रहने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

 

गत कात्तिक १ मा ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा सम्पन्न कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन र श्रम सहचारी कृष्णकुमारी गौलीले ओमानको श्रम कानुन बारेमा प्रकाश पारेका थिए । दोस्रो दिन नेपाली राजदुतावासमा भएको कार्यक्रममा सत्यराज आचार्य र स्वरुपराज आचार्यले एकल र संयुक्त गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि बिशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको “जहाँ छन बुद्धका आँखा” बोलको गीत गाएका थिए । भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्रद्वय र हैतम रफी एकै मन्चमा भएको संयोगको उपयोग गर्दै तीन जनाले नै सोही गीतमा बिशेष प्रस्तुति दिएका थिए ।

दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो । नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफु नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताए । आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र “परदेशमा घरदेश” कार्यक्रमका योजनाकार निर्मल ढकालले आफुहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताएका छन् । ढकालले यसको सुरुआती अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने जानकारी पनि गराएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button