गुरुङ चलचित्र ‘म्ले क्यु’ तीन विधामा नोमिनेसनमा

आर.आर पौडेल, पोखरा न्यूज – २०, कार्तिक । हुकुम मल्टि मिडियाको आयोजनामा हुने ज्योमो गाङ चलचित्र अवार्डमा गुरुङ चलचित्र म्ले क्यु (विर्साउने पानी) उत्कृष्ट पाँचको नोमिनेसनमा परेको छ ।

थाइल्याण्डमा आयोजना हुने यो अवार्डमा यो चलचित्र उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक र उत्कृष्ट नव अभिनेत्री विधामा गरी तिन विधामा नोमिनेसनमा परेको निर्देशक जसु गुरुङले जनाइन् । स्टार्स स्टुडियो प्रालिको व्यानरमा निर्मित यो चलचित्र मार्फत निर्देशक जसु र अभिनेत्री कृष्टि गुरुङ नोमिनेसनमा परेका छन् ।

यो चलचित्रले प्रर्दशनका क्रममा दर्शकको माया पाएको थियो । निर्देशक जसुले पनि यो चलचित्रबाट दर्शकमाझ बेग्लै छाप छोड्न सफल भएकी थिइन् । जसुले निर्देशन गरेको यो दोस्रो गुरुङ चलचित्र हो ।

गुरुङ समुदायको मृत्य संस्कारमा पितृलाई जप गरिएको पानी खुवाउने चलन छ । जसलाई ‘म्ले क्यु’ अर्थात बिर्साउने पानी भनिन्छ । यसैमा आधारित रहेर यो गुरुङ चलचित्र तयार भएको थियो । हङकङ, पोखरा, नवलपरासी, लमजुङ आदी ठाउँमा यो चलचित्र प्रर्दशन गरिएको थियो ।

चलचित्रमा माओत्से गुरुङ, रिया गुरुङ, डीबी गुरुङ, कमल गुरुङ, कृस्ती गुरुङ, रोनित गुरुङ, वीरमाया गुरुङ आदीको अभिनय छ । चलचित्रको छायांकन स्याङजाको लामडाँडामा गरिएको छ । चलचित्रको छायांकन प्रकाश गुरुङ (काश), सम्पादन सन्तोष कोन्मेले गरेका हुन् भने संगीत धनबहादुर गुरुङ र नरजंग गुरुङको सुन्न पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button