कास्की-२ उपनिर्वाचनमा काँग्रेसबाट खेमराज पौडेल उमेदवार

दीननाथ बराल, पोखरा न्यूज – २०, कार्तिक ।  कास्की क्षेत्र नं.२ प्रतिनीधि सभा उप–निर्वाचनमा नेपाली काँग्रेसबाट खेमराज पौडेल उमेदवार हुने भएकाछन्। कास्की काँग्रेसले जिल्लाबाट पठाएको १६ जनाको लिस्टबाट पौडेल उमेदवारमा छनौट भएका हुन्।

केही सामाजिक सञ्जालमा यस अघि धनराज गुरुङ कास्कीबाट उमेदवार हुने चर्चा भएसंगै धनराजले उमेदवारमा आफु नउठ्ने इच्छा जनाएसंगै केन्द्रिय कमिटिको बैठकले पौडेलले अघि सारेको श्रोतले जनाएको छ । पोखरा २२ पुम्दी भुम्दीका पौडेल लामो समय देखि काँग्रेसमा लाग्दै आएका छन्। पौडेलको उमेदवारी पार्टीले औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ ।

विहिबार उमेदवारहरुको जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ता हुने भएको छ । उमेदवार दर्ता गर्न विहिबार बिहान ११ः३० बजे पोखरा सभागृहमा भेला भई जुलुस सहित मनोनयन दर्ता गर्ने भएको काँग्रेस कास्कीका सभापति कृष्ण केसीले बताए ।

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनको विषयलाई लिएर काँग्रेसमा मत बाझिएसंगै उमेदवार घोषणा गर्न ढिलाई भएको थियोे । नेकपा सहितका अन्य पार्टी हाल चुनावी मैदानमा घर दैलो कार्यक्रममा जुटिसकेका छन्।

नेकपा कास्कीबाट बिद्या भट्टराई, साझा पार्टीकी रजनी केसी, समाजबादी पार्टीका धर्मराज गुरुङ, विवेकशील नेपाली दलका जमुना शर्मा उमेदवारको रुपमा चुनावी मैदानमा उत्र्तिएका छन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button