यस्तो छ फोर्डको विद्युतीय मस्ट्याङ कार

पोखरा न्यूज – २०, कार्तिक । विद्युतीय कारको दुनियाँमा प्रवेश गर्दै फोर्डले मङ्गलबार विद्युतीय मस्ट्याङ कार सार्वजनिक गरेको छ । फोर्डले लस भेगसमा आयोजित एक ट्रेड सोमा मस्ट्याङ्ग लिथियम नाम गरेको उच्च क्षमताको विद्युतीय कार सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेतापनि उक्त कार प्रोटोटाइप मात्र भएकाले छिटै बजारमा भने उपलब्ध नहुने फोर्डले जनाएको छ । चार ड्राइभिङ मोड भएको उक्त कारमा ८ सय भोल्टको ब्याट्री प्रणाली प्रयोग गरिएको छ ।

अरु विद्युतीय कारमा प्रयोग हुने ४ सय भोल्टको ब्याट्री प्रणालीलाई डबल गर्नुको मतलब फोर्डको यो कार ५ प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन मात्र २२.५ मिनेट लाग्नेछ । कारमा १०.४ इन्चको टच स्क्रीन डिस्प्ले रहेको छ भने दुई वटा पावर इन्भर्टर र फाई पावर डुअल कोर विद्युतीय मोटरको सहायताले कारले ९ सय हर्सपावर शक्ति उत्पादन गर्ने क्षमता राख्छ ।

हाल हाइब्रिड प्रविधिको कारहरुलाई विशेष प्राथमिकता दिदैँ आएको फोर्डले सन् २०२२ सम्म ११ बिलियनको लगानीमा १६ पुर्ण विद्युतीय कारसहित ४० विद्युतीय कारका मोडेलहरु उत्पादन गर्ने लक्ष्य राखेको छ । फोर्डले सन् २०२२ सम्म १० लाख विद्युतीय कार बिक्रीवितरण गर्ने लक्ष्य पनि सार्वजनिक गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button