स्याङ्जामा कुवामा डुबेर एक पुरुषको मृत्यु

पोखरा न्यूज – २०, कार्तिक । स्याङ्जामा कुवामा डुबेर आज बिहान एक पुरुषको मृत्यु भएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए ।

गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०/१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताए । कुवामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button