पाकिस्तानले माग्यो चीनसँग ९ अर्ब डलर ऋण

पोखरा न्यूज – २०, कार्तिक । चीन पाकिस्तान आर्थिक करिडोर प्रोजेक्टका लागि पाकिस्तानले चीनसँग९ अर्ब डलर ऋण माग गरेको छ ।

दुई देशबीच भएको संयुक्त सहकार्य कमिटीको नवौं बैठकमा ग्वादर स्मार्ट सिटी मास्टर प्लान अघि बढाउने तथा स्वास्थ र व्यापारका क्षेत्रमा सहकार्य गर्ने सहमति पनि भएको छ ।

बैठकमा पाकिस्तानकोतर्फबाट योजनामन्त्री माख्दुम खुस्रो बख्त्यार र चीनकोतर्फबाट राष्ट्रिय विकास र सुधार कमिशनका उपाध्यक्ष निङ्ग जिझेले प्रतिनिधित्व गरेका थिए ।

बैठकले २९.४ करोड पाकिस्तानी रुपैयाँको लागत लाग्ने ३ सय ९२ किलोमिटरको मुल्तान सुक्कुर सडकमार्गको पनि उद्घाटन गरेको थियो ।

यसअघि योजनामन्त्री माख्दुमले उद्घाटन समारोहमा बोल्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खान र चीनको नेतृत्वसँगको अन्तर्क्रियाले दुई देशबीच कृषि, औद्योगिक, सामाजिक-आर्थिक क्षेत्रमा सहकार्यमा नयाँ आयाम थपेको बताएका थिए ।

त्यस्तै चिनियाँ प्रतिनिधि जिझेले चीन पाकिस्तान आर्थिक करिडोर सिपेकले द्विपक्षीय सहकार्य अझ बलियो बनेको र उच्च गुणस्तरको विकासमा जोड दिएको बताएका छन् ।

बैठकले इरान र अफगानिस्तान जोड्ने पाकिस्तानको सीमामा तारबार लगाउने कार्य पनि सन् २०२० सम्म सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button