मलाई ७५ प्रतिशतले “हैट” भनेरै चिनुहुन्छ- कलाकार बुद्धि तामाङ

आर.आर. पौडेल, पोखरा न्यूज – २१, कार्तिक । नेपाली चलचित्रमा पैसा छ । वर्षमा ७५ देखि ८० लाख रुपैयाँ मेरो कमाइ हुन्छ । तर खोल्तीमा ७ हजार ५ सय ८० रुपैयाँ पनि हुदैन । पैसा छ त्यसलाई कसरी म्यानेज गर्ने हो भन्ने हो पोखरामा भेटिएका कलाकार बुद्धि तामाङ भन्दै थिए ।

‘हैट’ भनेर नै आफुलाई अधिकांशले चिन्ने गरेको र दर्शकको मायाले चलचित्र क्षेत्रमा टिक्न सकेको उनले खुलाए । ‘मलाई चिन्नेहरु मध्ये २५ प्रतिशतले मलाई मेरो नामबाट चिन्नुहुन्छ, बाँकी ७५ प्रतिशतले हैट भनेरै चिनुहुन्छ’ उत्साहित हुदै उनले भने ।

बाल्यकालमा चकचके टाइपको बुद्धिले चकटी बोकेर विद्यालयमा पढेको अझै बिर्सिएका छैनन् । ६ कक्षा पढ्दै गर्दा नाटकमा अभिनय गरेर कलाकारिता क्षेत्रमा उनको आगमन भएको थियो । स्कुलमा डाङडुङ बेञ्च जम्मा गरेर, सुकुल ओछ्याएर, तन्नाको पर्दा बनाएर, महेन्टोल बालेर नाटक खेलेको उनले स्मरण गरे ।

केहि समय संघर्ष गरेका उनले नाटक मार्फत अभिनय सिके अनि बिस्तारै अवसर पाउदै गए । उनी कहिले नाटक, कहिले चलचित्र, कहिले सिरियलमा व्यस्त भने । पछिल्लो समयमा चलचित्रमा व्यस्तता उनले बढाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button