पोखरामा निर्वाचन कार्यालय नजिकै विष्फोट

पोखरा न्यूज – २१, कार्तिक । कास्कीको मुख्य निर्वाचन कार्यालय नजिकै रहेको निर्माणाधीन टुरिष्ट बसपार्कमा विष्फोट भएको छ । फोहोर डङ्गुरबाट विष्फोटको आवाज आएपनि बम नै विष्फोट भएको वा अरु नै केही पड्किएको यकिन भैनसकेको प्रहरीले जनाएको छ ।

कास्की-२ को उपनिर्वाचन अन्तर्गत मनोनयन दर्ता गर्ने क्रममा नेकपाकी उम्मेदवार विद्या भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय प्रवेश गर्दै गर्दा विष्फोट भएको हो ।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी कोमल शाहले टुरिष्ट बसपार्क नजिकै फोहोरको डङ्गुरबाट विष्फोट भएको बुझिएको तर कस्तो खालको विष्फोटक पदार्थ हो यकिन भैनसकेकाले बुझ्ने काम भइरहेको बताए ।

नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो उम्मेदवारी दर्ता गरिसकेकी छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button