विश्वकप छनोट खेल अन्तर्गत नेपाल र म्यान्मा भिड्दै

पोखरा न्यूज – २१, कार्तिक । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मार सँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

म्यान्माको मन्डला थिरी स्टेडियमा हुने खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ म्यान्माको सामना गर्दैछ । खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु हुनेछ ।

म्यान्मासँग नेपालले यसअघि एकपटक प्रतिस्पर्धा गरेको थियो जसको नतिजा म्यान्माको पक्षमा थियो । सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ । विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग आगामी मङ्सिर ३ गते दशरथ रङ्गशालामा खेल्नेछ । विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ ।

यसअघि कुवेतसँग अवे खेलमा नेपाल ७–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा अष्ट्रेलियासँग ५–० ले पराजित हुँदा अन्तिम अवे खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको थियो । यता समूह एफमा रहेको म्यान्माले ३ खेल खेलिसक्दा कुनै अङ्क जोड्न सकेको छैन । म्यान्माले यही कात्तिक २८ गते घरेलु मैदानमा ताजिकिस्तानको सामना गर्दैछ ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

त्यस्तै मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button