लुफ्थान्सा एअरलाइन्सका कर्मचारी आन्दोलित हुँदा १३ सय उडान रद्द

पोखरा न्यूज – २१, कार्तिक ।  जर्मनीको लुफ्थान्सा एअरलाइन्सका कर्मचारी तलब र पेन्सनको माग राखी ४८ घण्टाका लागि आन्दोलित हुँदा कम्पनीको १३०० उडान रद्द भएका छन् । बिहीबार र शुक्रबार दुई दिन १३ सय उडान रद्द हुँदा १ लाख ८० हजार यात्रु प्रभावित हुने भएका छन् ।

लुफ्थान्साका प्रवक्ताका अनुसार फ्र्यान्कफर्टमा मात्रै करिब ४ सय  उडान रद्द गरिएको छ भने म्युनिखबाट हुने २५० उडान रद्द भएका छन् । उडान परिचारिकको समूह युएफओले माग पूरा नभए आन्दोलन लम्बिन सक्ने सम्भावना खुला राखेको जनाएको छ जसले गर्दा आगामी दिनमा एअरलाइन्सको उडान अझै प्रभावित हुने अनुमान गरिएको छ ।

कम्पनीका मुख्य कार्यकारी अधिकृतले युनियनसँग वार्ताको नयाँ प्रस्ताव अघि सारेका छन् । यस अघि कम्पनीले आन्दोलनरत संगठन अवैधानिक तवरले गठन भएको आरोप लगाएको थियो । लुफ्थान्साले नाफामा कमी आएको भन्दै पछिल्लो समय खर्चमा व्यापक कटौती गर्ने बताउँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button