बसभित्र प्रधानाध्याकको शव

पोखरा न्यूज – २१, कार्तिक । बाजुराको हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन् ।

बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक आज बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

बिहान ७ बजे बाजुराको बूढीगङ्गा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए ।

मृतक प्रधानाध्यापक शाही बर्खे बिदाको समयमा धनगढी गएको र केही दिनअघिदेखि विद्यालय खोलेकोले प्रअ शाही विद्यालय फर्केको जनाइएको छ । शाहीको शव अहिले परीक्षणको लागि जिल्ला अस्पताल बाजुरा राखिएको छ । शव भेटिएको बसलाई छोडिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button