कास्की-२ प्रतिनिधि सभा उपनिर्वाचनमा १४ दल सहित २५ जनाको उम्मेदवारी

दीननाथ बराल, पोखरा न्यूज – २१, कार्तिक ।  कास्की क्षेत्र नं. २ प्रतिनिधि सभा उप–निर्वाचनमा कास्कीमा ११ स्वतन्त्र सहित २२ उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

आगामी मंसिर १४ गते हुने कास्की उपनिर्वाचनमा १४ दलका उमेदवार सहित २५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले बताए । जिल्ला निर्वाचन कार्यालय कास्कीमा आज विभिन्न बाजा गाजासहितको हजारौंको जुलुस लिएर नेकपा, काँग्रेससहितका उम्मेदवारसहित २२ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

कास्की क्षेत्र नं. २ को प्रतिनिधि सभा उप–निर्वाचनमा नेकपाको तर्फबाट विद्या भट्टराई, नेपाली काँग्रेसबाट पुराना नेता खेमराज पौडेल, साझा पार्टीकी रजनी केसी, समाजबादी पार्टीका धर्मराज गुरुङ, रापप्राका रोमबहादुर भण्डारी, राप्रपा संयुक्तका गंगा मल्लले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यसै गरी मंगोल नेश्नल अर्गनाइजेशनका रियाज गुरुङ, संघिय लोकतान्तिक राष्ट्रिय मञ्चका गजेन्द्र सुब्बा, नेकपा मालेका टेकनाथ भण्डारी, देशभक्त्त समाजबाट विरबहादुर विश्वकर्मा, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्ण बहादुर राना, नेपाली कागेंस (बि.पी) बाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट जयवन्त विक्रम शाह, राष्ट्रिय नागरिक पार्टीबाट नवराज घलेले  उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै स्वतन्त्रबाट दीपक रेग्मी, सुनिल भुषाल, रण बहादुर दमाइ, कमलजंंग कुंवर, उमनाथ गौतम, जमुना शर्मा, नवराज बाँस्तोला, पुरुषोत्तम खनाल, यज्ञप्रसाद पंगेनी, लक्ष्मी भुजेल र सुनिल बहादुर कोइरालाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गर्नु अघि नेकपाले पार्टी कार्यालयबाट हजारौंको सङख्यामा जुलुस प्रदर्शन गर्दै उम्मेदवारी दर्ता गर्यो भने काँग्रेसले पनि पोखरा सभागृहबाट सुरु भएको बाजागाजा सहितको हजारौं सहभागि जुलुसले उमेदवारी दर्ता गराएको हो । दुबै पार्टीका पोखराका फरक फरक ठाउँमा चुनावी सभा समेत आयोजना गरेका थिए । त्यसैगरी साना पार्टीअन्तर्गत राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले पृथ्बीचोकमा राप्रपाको चुनावी सभालाई सम्बोधनसमेत गरेको पार्टी प्रवक्ता सुर्य बाँस्तोलाले बताए ।

कास्कीमा हुने उपनिर्वाचनमा ३२ वटा मतदान स्थलहरु रहेका छन् भने ८२ वटा मतदान केन्द्र निर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । ११ वटा वडामा पुरुष भन्दा महिला मतदाताको सङख्या बढी रहेको छ ।

कास्की उपनिर्वाचनमा ३८ हजार ७ सय ६४ महिला मतदाता सङख्या रहेको छ भने ३३ हजार १ सय ६ पुरुष मतदाता सङख्या रहेको छ । कास्की उपनिर्वाचनमा कुल ७१ हजार ८ सय ७१ जना मतदाता रहेका छन् ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. सुनील बहादुर कोईराला हो बिचको नाम छुटेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button