इरानमा ५.९ रेक्टर स्केलको भुइँचालो, ५ को मृत्यु, १ सय २० घाइते

पोखरा न्यूज – २२, कार्तिक ।  इरानमा ५.९ रेक्टर स्केलको भुइँचालो जाँदा ५ जनाको मृत्यु भएको छ भने १ सय २० जना घाइते भएका छन् । इरानको पुर्वी अजरबैजान प्रान्तमा बिहान २:१५ बजे गएको भुइँचालो पछि निरन्तर ४० भन्दा बढी पराकम्प गएको पनि इरानी अधिकारीहरुले जनाएका छन् ।

इरानको सिस्मोलोगिकल केन्द्रका अनुसार भुइँचालोको केन्द्रविन्दु राजधानी तेहरानदेखि ४ सय  किलोमिटरको दुरीमा अवस्थित छ । १० किमी गहिराईमा गएको भुइँचालोले हालसम्म ३० घरमा क्षति पुर्याएको छ भने क्षति विस्तृत विवरण भने आइसकेको छैन । भुइँचालो पछि स्थानीय त्रसित बनेको र आ-आफ्नो घरबाट निस्किएको त्यहाँको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इरान सक्रिय सिस्मिक जोनमा पर्ने भएकाले दिनमा औसतमा एउटा भुकम्प जाने गर्छ । यसअघि सन् २००३ मा बाम सहरमा ६.६ रेक्टर स्केलको भुकम्प जाँदा २६ हजार जनाको मृत्यु भएको थियो भने सन् २०१७ मा पश्चिमी इरानमा ७ रेक्टर स्केलको भुइँचालो जाँदा ६ सय जनाको मृत्यु भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button