श्री एअरलाइन्सको जहाजले यतिको जहाजलाई ठक्कर दियो

पोखरा न्यूज – २२, कार्तिक । त्रिभुवन विमानस्थलमा श्री एअरलाइन्सको सिआरजे-७०० जहाजले यति एअरलाइन्सको एटीआर ७२ जहाजलाई ठक्कर दिएको छ ।

श्री एअरलाइन्सको जहाज पार्किङका लागि लैजादैँ गर्दा यतिको जहाजमा ठोक्किएको र जहाजमा सामान्य क्षति पुगेको जनाइएको छ । श्री एअरलाइन्सको जहाज विराटनगरबाट त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

घटनाको कारण भने खुलिसकेको छैन । घटना पछी पनि उडानमा भने कुनै समस्या नआएको विमानस्थलले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button