पोखरामा पनि मनाइयो हरिबोधिनी एकादशी (फोटो फिचरसहित)

दीननाथ बराल, पोखरा न्यूज – २२, कार्तिक । यस बर्षको हरीबोधिनी एकादशी (ठुला एकादशी) पर्व पोखरामा पनि धुमधामका साथ मनाइएको छ । यस बर्षको कार्तिक शुक्ल (हरिबोधिनी) एकादशी पर्वको अवसरमा पोखरा क्षेत्रका बिष्णुका भक्तहरुले बिष्णु भगवानको पुजा गर्दै तुल्सी घाटमा फूल अर्थात तोरण टाग्दै भजन कीर्तनकासाथ हरिबोधिनी एकादशी पर्व मनाएका हुन् ।

यस बर्ष तुल्सीघाटमा पोखरा क्षेत्रबाट २६ वटा भन्दा बढी तोरण टागिएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजी प्रसाद कोइरालाले बताए । गत बर्ष ३२ वटा तोरण टागिएको थियो । २०७४ सालमा करिब ४४ वटा तोरण टागिएको थियो । यसरी हेर्दा हरेक बर्ष तोरण टाग्ने सङख्या घट्दो रुपमा रहेको समितिले जनाएको छ ।

यस बर्ष समितिले विभिन्न दाताहरुबाट करिब १० लाख रुपैया आर्थिक संकलन गर्ने लक्ष्य राखेकोे छ । विभिन्न तोरण टाग्ने टोली तथा भक्तजनहरुले सहयोग गरेको अध्यक्ष कोईरालाले जनाए । पोखरा महानगरपालिका वडा नम्बर ९ बाट समितिलाई ५० हजार, राम मन्दिर सेवा समितिबाट १० हजार प्राप्त भएको समितिले जनाएको छ ।

 

कार्यक्रम स्थलमा तोरणसँगै आएका भजनकीर्तन समुहले आ-आफ्नो प्रस्तुती राखेसँगै उनीहरुलाई आफुहरुले सहभागिताको प्रमाणपत्रसमेत वितरण गरिएको समितिले जनाएको छ । केदारेश्वर महादेवमणि मन्दिरका संरक्षक डा.लेखनाथ आचार्यले हरिबोधिनी एकादशी सम्बन्धि प्रवचन दिएका थिए । शुक्रबार वेलुका समितिले विन्ध्यवासिनी मन्दिरका वटुकहरुबाट गंगा आरती समेत आयोजना गरेको छ ।

 

श्रीपती कोइराला गुठी र नेवाः मिस पुचः नयाँबजार पोखराले भक्तजनहरुलाई निशुल्क रुपमा पिउने पानी वितरण गरेको समितिका उपाध्यक्ष बोधकुमार श्रेष्ठले बताए । समाजसेवी हेडम्ब प्रसाद कोइराला, न्यू माडवारी भोजनालय महेन्द्रपुललगायतले हरीबोधिनी एकादशी पर्वलाई सम्पन्न गर्न सहयोग गरेको समितिका सदस्य अग्नीकुमार श्रेष्ठले बताए ।

हरीबोधिनी एकादशीको दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरिन्छ भने हरिशयनी एकादशीका दिन घर घरमा रोपिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गर्ने प्रचलन रहेको छ ।

 

 

 

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button