पोखरा न्यूज – २२, कार्तिक । जापानको सेन्दाइ सहरमा ट्रकले ठक्कर दिँदा एक नेपाली युवकको मृत्यु भएको छ ।
स्थानीय समय अनुसार बिहान ४:२० बजे भएको घटनामा कास्कीको हेम्जा घर भएका चिरञ्जीवी गिरीको मृत्यु भएको हो । स्रोतका अनुसार जेब्राक्रसमा बाटो काट्ने क्रममा २६ वर्षीय गिरीलाई ट्रकले ठक्कर दिएको थियो ।
गिरी तीन महिना अघि मात्र जापान पुगेका थिए ।