साग खेलकुदको तयारी निरीक्षण गर्न अनुगमन टोली पोखरा आउँदै

पोखरा न्यूज – २२, कार्तिक । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारी निरीक्षण गर्न साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली शनिबार पोखरा अइपुग्ने भएको छ ।

नेपालको साग तयारीका बारेमा जानकारी लिन तथा सम्पूर्ण खेलकुद भेन्यूको निरीक्षण गरि जानकारी लिन टोलीले साग खेल स्थल काठमाडौ र पोखरामा निरीक्षण गर्ने भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम साग सहजिकरण समिति पोखराका सदस्य तेज गुरुङले जानकारी दिएका छन् ।

साग तयारी बारे भोलि बिहान काठमाडौमा बैठक बस्ने र शनिबार साँझ पोखरा आइपुग्ने उपाध्यक्ष गुरुङले जानकारी दिए । सातै देशका ओलम्पिक प्रतिनिधि र सेफ दि मिसनको टोलीले आइतबार बिहान साग पोखरा स्थानीय सहजीकरण समितिसँग संयुक्त बैठक बसेर सम्पूर्ण जानकारी लिने भएको छ ।

नेपाल भ्रमणमा आएको टोलीले आइतबार साग आयोजना हुने सम्पूर्ण खेल स्थलको निरीक्षण गर्ने पनि उपाध्यक्ष गुरुङले जानकारी दिए । टोलीले भेन्यूसँगै खेलाडी बसोबास गर्ने होटल, यातायत, सुरक्षालगायत अन्य महत्वपूर्ण व्यवस्थापनको पनि जानकारी लिने र निरीक्षणसमेत गर्ने भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button