पोखरामा एकादशी पर्वमा भक्तजनको गलाबाटै सुनको सिक्री चोरी

दीननाथ बराल, पोखरा न्यूज – २२, कार्तिक ।  हरिबोधनी एकादशी पर्वको अवसरमा शुक्रबार पोखराको रामघाटमा दर्शन गर्न आएकी एक जेष्ठ नागरिकको सुनको सिक्री चोरी भएको छ ।

पोखराको रामघाटमा दर्शन गरेर तुल्सीघाट निस्केकी ७० बर्षीया पुष्पा थापाको गलामा लगाएको करिब साढे दुई तोलाको सुनको सिक्री चोरी भएको नयाँबजार रामघाट धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष रामजी प्रसाद कोइरालाले बताए ।

यस बर्ष आफुहरुले स्वयमसेवक र प्रहरी ठुलो सङख्यामा खटाउन नसक्दा यस बर्ष पनि चोरीका घटना हुन गएको उनले जनाए । रामघाटदेखि तोरण टाग्ने तुल्सीघाट माथिल्लो क्षेत्रमा आउने बाटो साँघुरो हुदा भक्तजनहरुको अत्याधिक भिड भएको मौका छोपी थापाको गलामा लगाएको सुनको सिक्री चोरी भएको हुनसक्ने अध्यक्ष कोइरालाले बताए ।

त्यसै गरी पाकेट मार्दै गर्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखरा-३ नदीपुरका ४१ बर्षीय महेन्द्र पाण्डेले हरिबोधनी एकादशी पर्वमा आएका एक भक्तजनको पकेट मार्दै गर्दा प्रहरीले नियन्त्रणमा लिएको समितिका अध्यक्ष कोइरालाले बताए । गत वर्ष पनि हरिबोधनी एकादशी पर्वको अवसरमा रामघाट क्षेत्रमा सुनको सिक्री चोरी भएको थियो ।

उक्त सुनको सिक्री चोरी भएसँगै प्रहरी र समितिका पदाधिकारीले देखिने गरी कसैले पनि सुनको सिक्री नलगाउन पटक पटक सुचना जारी गरेका थिए । केही महिलाहरुले सुनको सिक्री आफ्नो झोलामा राखेका थिए त केहीले सिक्री छोपेर लगाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button