मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

पोखरा न्यूज – २३, कार्तिक । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा घाइते विद्यार्थी नेताको मृत्यु भएको छ ।

मोटरसाइकल चालक विद्यार्थी नेता कनकासुन्दरी गाउँपालिका–५ जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग बाँकेको राप्ती सोनारी गाउँपालिका–२ शम्शेरगञ्ज नजिक एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button