ओप्पो रेनो एसको फास्ट चार्जिङ, ३२ मिनेटमा फुल चार्ज

पोखरा न्यूज –२२, कार्तिक । पछिल्लो महिना सार्वजनिक गरिएको ओप्पोको फ्लागसिप मोडेल रेनो एसले ३२ मिनेटमै शतप्रतिशत चार्ज हुँदै मोबाइल फोन दुनियाँका सबै प्रतिद्वन्दीलाई उछिनेको दाबी गरेको छ । ४ हजार एम ए एचको ब्याट्रीलाई ६५ वाटको सुपर भिओओसी २.० चार्जर चार्ज गर्दा रेनो एस ३२ मिनेटमै फुल चार्ज भएको हो ।

चार्जरमा जोडेपछि स्क्रीन खुल्न २ मिनेट ३९ सेकेन्ड लाग्ने रेनो एसको प्रति १० मिनेट हुने चार्जिङ यस्तो रहेको छ :
१० मिनेट – ३७ प्रतिशत
२० मिनेट – ७६ प्रतिशत
३० मिनेट – ९९ प्रतिशत
३२ मिनेट – १०० प्रतिशत
कम्पनीका अनुसार मोबाइललाई तीव्र गतिमा चार्ज गर्न डुअल सेल डिजाइन प्रयोग गरिएको छ भने ६५ वाटको चार्जरमा ग्यालियम नाइट्राइड प्रयोग गरिएको छ । चार्ज गर्ने क्रममा फोन केही तातेको भने थियो ।

रेनो एसमा उद्योगकै उत्कृष्ट र पछिल्लो स्नापड्रागन ८५५ प्रोसेसर छ भने २०:९ अनुपातको ६.५ इन्चको विशाल डिस्प्ले पनि रेनो एसमा पाइनेछ । ४८ मेगापिक्सलको क्यामेरा भएको फोन ८ जिबी र्याम ए १२८ जिबी स्टोरेज, ८/२५६ र १२/२५६ जिबीको तीन भेरियण्टमा उपलब्ध रहेको छ । फोनको मुल्य भने ४२० डलर कायम गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button