बागलुङमा भरुवा बन्दुकसहित ४ पक्राउ

पोखरा न्यूज –२४, कार्तिक । जिल्ला प्रहरी कार्यालय बागलुङले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ ।

काठेखोला गाउँपालिका–५ बिहुँबाट प्रहरीले उनीहरुलाई आज पक्राउ गरेको हो ।उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए ।

उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button