विश्वकप फाइनलको बदला लिन चुक्यो न्यूजिल्याण्ड, सुपरओभर जित्दै इङ्ल्याण्डलाई टी-२० शृंखला

पोखरा न्यूज –२४, कार्तिक । विश्वकप फाइनलकै पुनरावृति भएको टी२० खेलमा न्यूजिल्याण्डलाई उसकै घरेलु मैदानमा ९ रानाले पराजित गर्दै इङ्ल्याण्डलाई टी२० शृंखलामा क्कब्जा जमाएको छ । न्यूजिल्याण्डको अकल्याण्डमा खेलिएको २०-२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजिल्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।

चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमै इङ्ल्याण्डले न्यूजिल्याण्डलाई पराजित विश्वकप उपाधि चुमेको थियो । यस हारसँगै न्यूजिल्याण्डले विश्वकपको मीठो बदला लिदैं शृंखला जित्ने सुन्दर अवसर पनि गुमाएको छ ।

वर्षाले प्रभावित शृंखलाको पाँचौं तथा अन्तिम खेल  प्रति टोली ११ ओभर मात्र खेलाइएकेा थियो । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यूजिल्याण्डले निर्धारित ११ ओभरमा १४६ रनको विशाल स्कोर खडा गर्यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले २० बलमा ५०, कोलिन मुन्रोले २१ बलमा ४६ र टिम साइफर्टले १६ बलमा ३९ रन बनाए ।

जितका लागि १४७ रनको चुनौती पछ्याएको इङ्ल्याण्डले शुरुका तीन विकेट सस्तैमा गुमाए पनि जोनी बेर्स्टोले  १८ बलमा ४७ रन तथा स्याम करनले ११ बलमै २४ रनको आक्रामक पारी खेलेपछि इङल्याण्डले पनि निर्धारित ११ ओभरमा १४६ रन नै बनायो । न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट, जेम्स निसम र मिचेल स्यान्टनरले २-२ विकेट लिए ।

दुबै टिमको स्कोर बराबर भएपछि खेलाइएको सुपरओभरमा इङ्ल्याण्डका जोनी बेर्स्टोको ८ तथा ओएन मोर्गनको ९ रनको मद्दतले इङ्ल्याण्डले न्यूजिल्याण्डलाई जितका लागि १७ रनको लक्ष्य दिएका थियो । तर न्यूजिल्याण्डले टिम सुपर ओभरमा एक विकेट गुमाउँदै केबल ८ रन बनाउन सफल भयो र खेलमा इङ्ल्याण्डले ९ रनले विजयी भयो । यस जितसँगै इङ्ल्याण्डले ३–२ ले शृंखलामा विजयी भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button