सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपालको शानदार जीत

पोखरा न्यूज –२४, कार्तिक । एसियन भलिबल कन्फेडेरेसन र बङ्गलादेश भलिबल फेडेरेसनको संयुक्त आयोजनामा भएको बङ्गमाता एसियन सिनियर वुमन सेन्ट्रल जोन च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले शानदार जीत हासिल गरेको छ । नेपालले अफगानिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो ।

राउण्ड रोबिन फर्म्याटमा खेलाइने प्रतियोगिताअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले अफगानिस्तानलाई २५-४, २५-९ र २५-६ को सोझो सेटमा सहज जीत हात पार्यो । हिजो भएको खेलमा पनि अफगानिस्तान बङ्गलादेशसँग सोझो सेटमै पराजित भएको थियो । प्रतियोगितामा नेपाल र अफगानिस्तानसँगै बङ्गलादेश, माल्दिभ्स र किर्गिस्तान सहभागी छन् । नेपालले आगामी खेलमा भोलि किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने दुई टोलीले बिहीबार फाइनल खेल्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button