मंसिर ५ भित्र सागलक्षित निर्माण कार्य सम्पन्न हुन्छ- सदस्य सचिव सिलवाल

दीननाथ बराल, पोखरा न्यूज –२४, कार्तिक । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले आउँदो मंसिर ५ गते भित्र साग लक्षित सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने बताएका छन्। मंसिर १४ गतेदेखि नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि हाल निमार्णधिन अवस्थामा रहेका सम्पूर्ण भौतिक संरचनाको निर्माण कार्य मंसिर ५ गते सम्पन्न हुने दाबी गरेका हुन्।

अबको १५ दिन भित्रमा सागको सम्पूर्ण कार्य सम्पन्न गर्ने उनले दाबी गरे । पोखराको फुटबल स्टेडियममा प्याराफिट निर्माण अबको १५ दिन भित्रमा सम्पन्न हुने सदस्य सचिव सिलवालले बताए । इन्टर लग सिस्टममा प्याराफिट निर्माण हुने भएको निर्माण कम्पनीले सामान आएको एक हप्ता भित्रमा एकातर्फ प्यारापिट जडान गर्ने आफुहरुलाई बचन दिएको उनले बताए ।

उनले भने “ २/३ खेलका पूर्वाधार बाहेक अन्य खेल पूर्वाधार लगभग तयार भएका छन, काठमाण्डौंमा हिटिङ कुलिङ केही समस्या रहेको छ तर एक हप्तामा हामी हल गर्ने छौं र दशरथ रंगशाला निर्माण अन्तिम चरणमा पुगेको छ, पोखराको फुटबल स्टेडियम निर्माण पनि अन्तिम चरणमा पुगेको छ । ”

सातै राष्ट्रका प्रतिनिधिहरुले नेपालमा आयोजना हुने साग सम्पन्न गर्न आवश्यक कुनै सहयोग परेमा सहयोग गर्ने तत्परतासमेत देखाएको उनले जनाए । उनले भने “ यो सागबाट हामीले हाम्रो मित्रतालाई दरिलो पार्नु छ, नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने खेल क्षेत्रलाई प्रवर्द्धन गर्ने र नेपालको इज्जत प्रतिष्ठा, सम्मानलाई अझै उचो पार्ने लक्ष्य राखेकाछौं । ”

सागमा प्याराग्लाइडिङ खेलको बारेमा हाल नहुने बिषयमा नटुंगिएको सदस्य सचिव सिलवालले बताए । उनले भने “ प्याराग्लाइडिङमा नेपालले दर्ता गरेको छ यसमा भारतले आफ्नो सहभागिताको लागि बचन दिएको छ, अनिवार्य रुपमा खेलाइने खेलमा ४ टिम अन्यमा तीन टिम हुनुपर्छ । ” नेपालमा हुने सागमा कुनै कसर बाँकी नराख्ने सदस्य सचिव सिलवालले बताए । प्याराग्लाइडिङ खेलमा सहभागि गराउन विशेष व्यवस्था  गरिएको उनले जनाए ।

उनले भने“ हामीले सबै खेल आयोजना गर्ने उद्धेश्यले प्याराग्लाइडिङ खेललाई समेत आयोजना गर्नको लागि यदि सहभागि हुने कुनै राष्ट्रका खेलाडीहरुलाई आउने, जाने, खाने बस्ने, प्रशिक्षण सहितको सेवा सुविधा नि:शुल्क उपलब्ध गराउने हामीले पत्र समेत पठाएका छौं । ”

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जिवनराम श्रेष्ठले अब नेपालमा साग हुने कुरामा कुनै शंका नभएको बताउदै यसमा सबै मिलेर सम्पन्न गर्न आग्रह गरे । नेपालको मौसम फरक प्रकारको भएकाले गर्दा विभिन्न देशका खेलाडीहरु खेल तालिका भन्दा अघि नै प्रशिक्षणको लागि आउन खोजेको उनले बताए । नेपालबाट शुरुवात भएको साग यस पटक तेस्रो पटक हुने भएकोले गर्दा यसलाई थप व्यावस्थित  पार्नुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री तथा साग पोखराको स्थानिय व्यवस्थापन समितिका संयोजक समेत रहेकी नरदेवी पुनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । साग अन्तर्गत  पोखरामा ९ खेल हुने भनिएपनि प्याराग्लाइडिङ भने हुने नहुने अझै टुंगो लागेको छैन।  नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि साउथ एसियन ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोलीले पोखरामा आई पोखरामा हुने सागका खेल मैदानको अध्ययन अवलोकन समेत गरेको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button