बुलबुल चक्रवातले पश्चिम बङ्गालमा ७ को ज्यान लियो

पोखरा न्यूज –२४, कार्तिक । भारतको पश्चिम बङ्गालमा आएको बुलबुल चक्रवातमा परेर सात जनाको ज्यान गएको छ । चक्रवातले भीषण वर्षा गराउनुका साथै तीव्र गतिको हावाहुरी निम्त्याउँदा त्यहाँको जीवन अस्तव्यस्त बनेको छ ।

बङ्गलादेशतर्फ अघि बढ्नु अघि चक्रवातले प्रभावित क्षेत्रमा हजारौं रुखहरु उखेलेको छ भने तारहरु चुँडाएर विद्युत अवरुद्ध पारेको छ । चक्रवातमा मृत्यु भएका सातमध्ये पाँचको मृत्यु ढलेका रुखहरुले किचेर भएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यस्तै एकको मृत्यु ढलेको भित्ताले लागेर भएको थियो भने अर्का एकको मृत्यु लडेको विद्युत पोलमा छुँदा करेण्ट लागेर भएको थियो ।

१३५ किलोमिटर प्रतिघन्टाको वेगको हुरीसँगै आएको असिनापानीले पर्गानास, मिद्नापुरलगायतका गाँउको जनजीवन अस्त्यव्यस्त पारेको थियो । हुरीसँगै निरन्तर वर्षा हुँदा त्यहाँका स्थानीयहरु घर भित्रै बस्न बाध्य भएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button