पोखराबाट जाँदै गरेको बसलाई पर्यटक बसले ठक्कर दिँदा ९ घाइते

पोखरा न्यूज- २४ कार्तिक ।  पोखराबाट जाँदै गरेको यात्रुवाहक बसलाई पर्यटक बसले  ठक्कर दिँदा ९ जना  घाइते भएका छन् ।

तनहुँको आबुखैरेनिमा लु १ ख ४१९५ नम्बरको यात्रुवाहक बसलाई सोहि दिशाबाट आउँदै गरेको ग १ प १८५ नम्बरको  पर्यटक बसले पछाडीबाट ठक्कर दिँदा लु१ख ४१९५ नम्बरको  बसमा सवार ९ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गोरखा धुवाकोट घर भई चितवन रामपुर बस्ने वर्ष २४ की सम्झना परियार, स्याङजा फेदिखोलाका ७५ बर्षीय  ज्ञान बहादुर रानाभाट, चितवन -१५ का  ३८ बर्षीय अमृत परियार,  तनहुँ बन्दिपुरका ६४ बर्षीय  लिला प्रसाद लामिछाने तथा ३० बर्षिया शोभा लामिछाने, बुटवल -३ का  ७४ बर्षीय  खड्क बहादुर गुरुङ, र म्याग्दी दर्बाङ ५ का  ८० बर्षीय दल बहादुर पुन, घाइते भएका छन्  । उनीहरु सबैलाइ उपचारको लागि  छिम्केश्वरी अस्पताल तनहुँमा  पठाइएको र उनीहरुको अवस्था मध्यम रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले  जनाएको छ  ।

त्यसैगरी दुर्घटनामा  लम्जुङ मध्यनेपाल -४  कि   २ बर्षीय बालिका पल्पसा घिमिरे र तनहुँ बन्दिपुर -६  कि  १ महिनाकी नावालिका एपिसा गुरुङ घाइते भएका छन् । उनीहरुको  अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसमा ३० जना यात्रु सवार रहेको जनाइएको छ

प्रहरीले  दुबै बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button