कास्की जिल्ला आइस हक्की संघको अध्यक्षमा पुनः मर्सानी

दीननाथ बराल, पोखरा न्यूज- २५ कार्तिक । कास्की जिल्ला आइस हक्की संघको अध्यक्षमा पुनः विद्या मर्सानी चयन भएका छन्। सोमबार पोखरामा सम्पन्न भएको अधिवेशनले मर्सानीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

त्ससैगरी प्रथम उपाध्यक्षमा सुर्यप्रसाद श्रेष्ठ, द्धितिय उपाध्यक्षमा रामप्रसाद गुरुङ, सचिवमा पुनम गुरुङ, कोषाध्यक्षमा विजय गुरुङ र सदस्यहरुमा अरुण दत्त, सुनिल मानन्धर, इन्द्रा ढकाल, शेरबहादुर गुरुङ र दीननाथ बराल रहेका छन्। एक सदस्य पछि मनोनित हुने भएको संघले जनाएको छ । नेपाल आइस हक्कि संघका केन्द्रिय उपाध्यक्ष मदन केसीको विशेष उपस्थितीमा उक्त अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष केसीले आगामी मंसिर २ गते केन्द्रिय अधिवेसन हुने जनाउदै यस खेलको नेपाल र पोखरामा धेरै सम्भावना भएको बताए । जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले जिल्लामा दर्ता भएका एक सय खेलसंघहरु मध्ये आइस हक्कि संघ औलामा गणना गर्न सक्ने गरी गतिविधि गर्न आग्रह गरे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button