अज्ञात समूहद्वारा बसमा आगजनी

पोखरा न्यूज- २५ कार्तिक ।  कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको काक्रेविहार यातायातको ना४ख ७३५० नंको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ ।

केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्कि गरी राखिएको सो बसमा गए राति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए  ।

दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button