चलचित्र ‘पानी फोटो’को पहिलो सिजनको छायांकन सम्पन्न

आर.आर. पौडेल, पोखरा न्यूज- २६ कार्तिक । दुई सिजनमा छायाकंन हुने चलचित्र ‘पानी फोटो’को पहिलो सिजनको छायांकन सकिएको छ ।

खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो चलचित्रको दोस्रो सिजनको छायांकन आगामी पौष महिनामा हुनेछ । टुकि आर्टस प्रालिले मञ्जुश्री फिल्म प्रोडक्सनको सहकार्यमा चलचित्रको निर्माण गर्न लागेको हो । यो चलचित्रको पहिलो सिजनको छायाकंन गत भाद्र १५ गतेदेखि भएको थियो । द्धन्द्धकालको कथामा चलचित्र बन्नेछ ।

यो चलचित्रमा अनुप बराल, प्रकाश घिमिरे, माओत्से गुरुङ, नवराज गिरी लगायतका थुप्रै पोखेरेली कलाकारको अभिनय हेर्न पाइनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button