५ दिन लगाएर ७९ बिघामा लगाइएको गाँजा खेती नष्ट

पोखरा न्यूज- २६ कार्तिक । चितवन जिल्लाको  राप्ती नगरपालिका–१२ र १३ को करिब ७९ बिघामा लगाइएको गाँजा प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र यस मातहतका एकाइले पाँच दिन लगाएर राप्तीका दुई वटा वडामा लगाइएको गाँजा नष्ट गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार यही कात्तिक २० गतेदेखि २४ गतेसम्म ५ दिनमा सो परिणामको गाँजाखेती नष्ट गरिएको हो ।

विभिन्न स्थानमा अवैधरुपमा लगाइएको गाँजाखेती इलाका प्रहरी कार्यालय टाँडीका प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ६७ जना प्रहरी टोलीले नष्ट गरेको उनले वताए ।

यसैबीच प्रहरीले विसं २०७६ को विजयादशमीदेखि छठपर्वसम्म विभिन्न मितिमा अवैधरुपमा निकासी गरी चितवनमा ल्याइएका विभिन्न प्रकारका विष्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको छ । कोइरालाका अनुसार पटका, भूईचम्पा, अतिसबाजीजस्ता प्रज्वलनशील पदार्थ अन्दाजी रु १२ लाख मूल्य बराबरको विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो ।

प्रतिक्रिया

  1. Nasta garnu vanda police ko nigrani ma export garnu parxa..
    Ja vaye pani commerce ma help hunxa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button