बङ्गलादेशमा २ रेल ठोक्किँदा १६ को मृत्यु, सय भन्दा बढी घाइते

पोखरा न्यूज- २६ कार्तिक ।  पुर्वी बङ्गलादेशको ब्राहम्नबारिया जिल्लामा दुई यात्रुवाहक रेल एक आपसमा ठक्कर खाँदा १६ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी यात्रु घाइते भएका छन् ।

घटनापछि दुई रेलको भग्नावशेषबाट बाँचेकाहरुको उद्वार कार्य जारी रहेको प्रहरीले जनाएको छ । रेलको डिब्बामा अझै यात्रुहरु च्यापिएर रहेकाले मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने पनि प्रहरीले बताएको छ । घटनास्थल राजधानी ढाकाबाट १ सय किलोमिटरको दुरीमा रहेको छ ।

मङ्गलबार स्थानीय समयअनुसार बिहानै ३ बजे भएको घटनामा सिल्हेटबाट चित्तागोङ जाँदै गरेको र चित्तागोङबाट ढाका जाँदै गरेका दुई रेल एकआपसमा ठोक्किएका थिए । विपरीत दिशातर्फ जाँदै गरेका रेल एउटै लिकमा आए पछि चित्तागोङ जाँदै गरेको रेलले ढाका जाँदै गरेको रेललाई पछाडिबाट ठक्कर दिएको थियो ।

बङ्गलादेशमा खराब रेल ट्रयाक र कमजोर ट्राफिक संकेतले रेल दुर्घटना हुँदै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button