भारतीय गायिका लता मंगेशकरको अवस्था गम्भीर, भेन्टिलेटरमा राखियो

पोखरा न्यूज- २६ कार्तिक ।  फोक्सोमा संक्रमण भएपछि अस्पताल पुगेकी भारतीय गायिका लता मंगेशकरको अवस्था गम्भीर बनेको छ ।

उनको उपचारमा संलग्न चिकित्सकहरुले लताको अवस्था गम्भीर रहेको र उनलाई भेन्टिलेटरमा राखिएको भए पनि हाल उनको अवस्था स्थिर रहेको र पछिल्लो घन्टा स्वास्थ्यमा सामान्य सुधार देखिएको बताएका छन् ।

स्वासप्रश्वासमा समस्या देखिएपछि लतालाई बिहान १:३० बजे अस्पताल पुर्याइएको थियो । उनलाई पछि आइसियुमा सारेर लाइफ सपोर्टमा राखिएको बताइएको छ ।

चिकित्सकहरुले उनलाई न्युमोनिया भएर देब्रे भेन्टिकुलर फेल भएको बताएका छन् । मुटुको रगत पम्प गर्ने क्षमता देब्रे भेन्टिकुलरमा धेरै भर पर्ने हुँदा उनलाई रगत पम्प गर्न गार्हो परेको पनि चिकित्सकहरुले जनाएका छन् ।

उनलाई ब्रीच क्यान्डी अस्पतालमा राखिएको छ । लताले कैयौं हिट हिन्दी गीतका साथै केही नेपाली गीतमा पनि स्वर दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button