१४ बर्षिया किशोरीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

पोखरा न्यूज- २६ कार्तिक । चौध वर्षीया किशोरीलाई जबर्जस्ती करणी(बलात्कार ) गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का २० वर्षीय दिपेश भन्ने अनिश प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता कुर्मीले बताए ।

पक्राउ परेका प्रजालाई म्याद थप गरी अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको पनि उनले बताए । यसअघि प्रहरीले आठ वर्षीया बालिकालाई बलात्कृत गरेको अभियोगमा पनि उनलाई पक्राउ गरेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button