जनचाहानालाई शिरोपर गरी अघि बढ्छु – नेकपा उम्मेदवार भट्टराई

पोखरा न्यूज- २६ कार्तिक । पोखरा -२१ का बासिन्दासँग नेकपा उम्मेदवार विद्या भट्टराई मंगलबार भोट माग्न पुगिन् । नेता रवीन्द्रकै पहलमा बनेको पोखरा-२१ जोड्ने पुलको मुखैमा स्वागतका लागि बसेका स्थानीयले विद्यालाई स्वागत गरे ।

पोखरा-१७ र पोखरा-२१ जोड्ने पुलअघि विद्या पुग्नासाथ ९३ वर्षीय छवि पहारीले उनलाई आशीर्वाद दिए । ‘रवीन्द्रले जस्तै काम गरे, सबैको मन जिते,’ भावुक बन्दै पहारीले भने, ‘रवीन्द्र र सबै जनताको सपना अब तिमीले पूरा गर्नुपर्छ ।’

रवीन्द्रकै कारण यस ठाउँमा विकास सम्भव भएको हरि अधिकारीले सुनाए । ‘उनी नभएको भए पोखरा–२१ यस्तो हुने नै थिएन,’ उनले भने, ‘यो ठाउँ कम्युनिस्टले विउ रोपेर मलजल पनि गरेको छ, नत्र यो ठाउँ यस्तो हुनेनै थिएन ।’

घरदैलोमा उम्मेदवार विद्याले जित हासिल गरेपछि जनचहानालाई शिरोपर गरी अघि बढ्ने प्रतिवद्धता गरिन् । ‘मेरो परिवार र पार्टीले नै दिएको ज्ञान अगालेर जनताकै हितमा जीवन समर्पण गर्नेछु,’ उनले भनिन् ।

नेकपा कास्की अध्यक्ष तथा प्रदेश सांसद कृष्ण थापा, प्रदेश सांसद राजीव पहारी, नेकपा पोखरा महानगरका अध्यक्ष दीपक पौडेल, पोखरा -२१ का वडा अध्यक्ष खगराज आचार्य, नेकपा पोखरा २१ का अध्यक्ष कृष्ण थापामगर लगायतका नेता विद्यासँगै पोखरा -२१ मा मत माग्न हिडेका थिए ।

मंगलबारै दर्जनौं नेपाली कांग्रेस कार्यकर्ता तथा समर्थ नेकपामा प्रवेश गरेका छन् । विद्याको हातबाट टीका लगाउँदै कुमार सिंह गुरुङ (प्रसाद), शेरबहादुर गुरुङ लगायत नेकपामा प्रवेश गरेका हुन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button