सिलौटामा राखेर थिचेर मोबाइल फुटाए : कलाकार खगेन्द्र

आर.आर. पौडेल, पोखरा न्यूज – २७, कार्तिक । मोबाइलबाट फोन नगरी नहुने, तर मोबाइलले काम गरेन, ह्याङ भयो । अनि कलाकार, लेखक तथा निर्देशक खगेन्द्र लामिछानेको रिसको पारो ताँतेर आयो । मोबाइललाई जोडले भित्तामा हिर्काए । तर मोबाइल फुटन । तर उनको रिस साम्य भएको थिएन ।

अनि सिलौटामा राखेर थिचेर मोबाइल फुटाए । लगत्तै उतिखेरनै गएर मोबाइल किनेर ल्याए । आफुले अहिलेसम्म मोबाइल नहराएपनि रिस उठेर पटक–पटक मोबाइल फुटाएको उनी बताउँछन् । रंगमञ्च र चलचित्रको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाएका उनले पोखरामा कलाकारमाझ यो कुरा सेयर गरेका हुन् ।

उनले पोखरामा २०५७ सालमा प्रतिबिम्ब नाट्य समुहमा आवद्ध भएर नाट्य क्षेत्रमा पाइला अगाडी बढाएका थिए । एक समय पोखरामानै नाटकघर सञ्चालन गर्ने झोक चलेर काठमाण्डौबाट साथी सहित पोखरामा गएपनि विभिन्न ठाउँमा जग्गा हेर्दा सेन्टरमा एकदम महंगो, बाहिर नचल्ने डरले नाटकघर स्थापना गर्ने धोको अधुरो रहेको उनले सुनाए ।

तर अहिले आफ्नो कुनै लगानी बिना पोखरामा अरु कसैबाट नाटकघर सञ्चालनमा भएको आफुलाई ज्यादै खुशी लागेको उनले सुनाए । ‘मैले देखेको सपना थियो अर्कै व्यक्तिले पुरा गरिदियो’ । नाटकघरमा गरेको लगानि जोखिममा हुने बुझाइ उनको छ । ‘विदेशमा सरकारले सहयोग गर्छ तर नेपालमा त्यस्तो छैन’ उनले भने ।

लामिछानेलाई शान्त वातावरण मनपर्छ । मिडियासँग नजिकिन खासै नखोज्ने उनको बानी छ । उनी आफ्नो कर्ममा विश्वास गर्छन् । काम राम्रो बनाउनका लागि दत्तचित्त भएर पर्याप्त समय दिने उनको बानी छ । उनलाई ढिडो खान औधी मनपर्छ । ठेट पश्चिमको भाषाको जगेर्ना गर्ने प्रयास आफ्ना चलचित्र तथा नाटकमार्फत उनले गर्छन् । उनको नयाँपनलाई दर्शकले रुचाएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button