अग्रस्थानमा रहँदै नेपाली महिला भलिबल टिम फाइनलमा प्रवेश

पोखरा न्यूज – २७, कार्तिक । बङ्गमाता एसियन सिनियर वुमन सेन्ट्रल जोन च्याम्पियनसिप अन्तर्गत राउन्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई पराजित गर्दै नेपाली टोली प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बङ्गलादेशको मिरपुरस्थित साहिद सुह्रावार्दी इन्डोर रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई २५-१४, २५-५, २५-१३ को सोझो सेटमा पराजित गर्यो । खेलमा नेपालीकी मस्ट भ्यालुएबल प्लेयर सरस्वती चौधरी घोषित भइन् ।

राउण्ड रोबिन चरण अन्तर्गत सबै खेल जितेको नेपालले ४ खेलबाट १२ अङ्क जोड्न सफल भयो । दोस्रो स्थानको माल्दिभ्सले ४ खेलबाट ८ अङ्क जोडेको छ । नेपालले यसअघि अफगानिस्तान, किर्गिस्तान र आयोजक बङ्गलादेश माथि जीत हात पारेको थियो ।

प्रतियोगितामा भोलि नेपालले फाइनलमा माल्दिभ्स कै सामना गर्नेछ भने तेस्रो स्थानका लागि बङ्गलादेश र किर्गिस्तान भिड्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button